किट कलेजको दादागीरीलाई बेवास्ता गर्दै सभापति देउवा भारत भ्रमणमा

बुधबार, ७ फाल्गुन २०८१

काठमाडौँ – किट कलेजको दादागीरीबारे विरोध भइरहेका बेलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।

नेपाली विद्यार्थीको पीडालाई वेवास्ता गर्दै देउवा पुण्य कमाउन प्रयागराज जाने भएका हुन् । उनी महाकुम्भमेलामा स्नान गर्न बिहीबार दिल्ली हुँदै प्रयाजराज जाने बताइएको छ ।

पूर्वप्रधानमन्त्री देउवा भोलि बिहान ११ बजे एयर ईण्डियाको उडान AI 218 मा दिल्ली हुँदै स्थानीय समयअनुसार दिउँसो ३ बजे प्रयागराज पुग्ने बताइएको छ । देउवासँगै उनका पिए भानु देउवा र अनिलकुमार रुँगटा पनि जाने तय भएको छ ।

यसअघि कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाशशरण महत पनि सपरिवार कुम्भमेला हेर्न गएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली भ्रमणको निम्तो नपाइरहेको सन्दर्भमा सत्ता साझेदार काँग्रेसका नेताहरु लगालग दक्षिण यात्रामा निस्कनुलाई कतिपयले अर्कै अर्थसमेत लगाउन थालेका छन् ।