अर्को एक प्रेमिल जोडी एकैसाथ सरकारी सेवामा प्रवेश

शनिबार, १७ फाल्गुन २०८१

काठमाडौँ – अर्को एक प्रेमिल जोडीले एक साथ सरकारी सेवामा प्रवेश गरेको छ ।

कालिकोटको नरहरिनाथ स्थायी ठेगाना भएका अनिल बुढा र अम्बिका बुढाको दम्पत्तीले शिक्षण सेवा प्रवेश गरेको हो ।

अनिलले शिक्षक सेवा आयोगबाट सबै चरणको परीक्षा उत्तीर्ण गर्दै इलामबाट निम्न माध्यमिक तहको विज्ञान शिक्षकमा नियुक्त भएका छन् भने अम्बिका खोटाङमा प्राथमिक शिक्षकमा सिफारिस भएकी छिन् ।

यसअघि कालिकोटकै धुब्र बरालको जोडीले एकैसाथ अधिकृतमा नाम निकालेका थिए ।