दुर्गेस थापा र गायिका ज्योति मगरको लफडाबारे खुल्यो नयाँ रहस्य

बुधबार, २१ फाल्गुन २०८१

काठमाडौँ – गायक दुर्गेस थापा र गायिका ज्योति मगरको लफाडाबारे नयाँ रहस्य खुलेको छ । पल शाहलाई नावालिका बलत्कार मुद्धामा जेल पठाउने दुर्गेसलाई दाङ प्रवेश निशेष गरेपछि लफडा भएको हो ।

पललाई उत्तेजित बनाउन दुर्गेसले गायको ‘दुस्मन हेरेको हेर्यो’ बोलको गीत गृहनगरमा बज्ने भएपछि दाङवासीले दुर्गेस चढेको हेलिकप्टर अवतरणमा रोक लगाएका थिए । ज्योतिले पलको पक्ष लिएर दुर्गेसलाई प्रहार गरेकी थिइन् ।

गायिका ज्योति मगरले आफूलाई पफर्मर भन्दै आएका गायक दुर्गेश थापालाई गरिखान दिन आग्रह गर्दै बिहीबार सामाजिक सञ्जालमा कलाकारको व्यक्तित्व र आचरण खराब भए पनि कलालाई सम्मान गर्नुपर्ने भन्दै लेखेकी थिइन् ।

‘एउटा कलाकारको व्यक्तित्व र आचरण जतिसुकै खराब भए पनि कलाकारको कलालाई सम्मान गर्नुपर्छ र गरि खान दिनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘सम्पूर्ण दाङवासीलाई पुरानो कुरा बिर्सिन र ती कलाकार भाइलाई अझै अगाडि बढ्न शुभकामना छ।’

उनले नेपालगञ्ज र दाङका डनहरूलाई गुहार माग्दै सम्पूर्ण शक्ति प्रयोग गर्दा पनि दाङको तुलसीपुर महोत्सवमा दाङबासीहरूले हेलिकप्टर बस्न नदिएकोमा खेद समेत प्रकट गरेकी छन्।

फागुन १८ गते दाङको तुलसीपुर महोत्सवमा कलाकार दुर्गेश थापाले प्रस्तुति दिने कार्यक्रम रहे पनि उनी जान पाएनन्।स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै कार्यक्रममा रोक लगाएपछि दुर्गेशले कार्यक्रममा प्रस्तुति दिन पाएनन्।