बालिका बलात्कार गर्ने शिक्षकलाई साढे १२ वर्ष जेल सजाय
काठमाडौँ – १४ बर्षिया बालिका बलात्कार गर्ने एक शिक्षक साढे १२ वर्ष जेल चलान भएका छन् । ब्रिज कोर्स पढाएका शिक्षक सन्तोष क्षेत्रीले पटक पटक बलात्कार गरेको भन्दै जिल्ला अदालत चितवनका न्यायाधीश दुर्गादेवी गुरुङको एकल इजलासले १२ वर्ष ६ महिना कैद सजाय र पाँच लाख रुपियाँ जरिवानाको फैसला सुनाएको हो ।
किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक क्षेत्रीविरुद्ध २०७९ चैत ५ गते चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
यही फागुन २० गते चितवन जिल्ला अदालतका न्यायाधीश दुर्गादेवी गुरुङको एकल इजलासले क्षेत्रीलाई साढे १२ वर्ष कैद सजाय र पीडितलाई दुईलाख रुपियाँ क्षतिपूर्ति भराइदिने र पीडित राहत कोषमा प्रतिवादीको तर्फबाट २० हजार रुपियाँ जम्मा गर्ने फैसला गरेको हो।
शिक्षक क्षेत्रीले एसईईको परीक्षा दिएर ब्रिज कोर्स पढ्न गएकी किशोरीलाई पटक पटक बलात्कार गरेको ठहर अदालतले गरेको छ।