तपाईंमाथि केही अशुभ हुँदैछ भने यी जनावरले दिन्छन् संकेत
काठमाडौँ – जनावरले मानिसको भविश्यबारे संकेत दिने गरेको पाइएको छ । हिन्दुधर्म शास्त्र अनुसार कुकुर, विरालो, फ्याउरो, काग लगायत जनावर तथा पशुपंक्षीहरुले मानिसलाई भविश्यमा शुभ वा अशुभको संकेत दिने गरेका छन् । सामन्यतया बिरालोले बाटो काट्नु, कुकुर रुनु, विहानै काग घज नजिकै कराउनुलाई अशुभ मानिन्छ ।
हुन त वैज्ञानिक आधार खासै देखिँदैन तरपनि भूकम्प आउनु अघि कुकुरले भुईं सुघ्दै दौडने, खोलाभित्र माछा उफ्रने लगायत संकेत देखिन्छ भन्ने मान्यता रहेको छ ।
यसबाहेक परापूर्वक कालदेखि जनावर, पशुपंक्षी लगायतले शुभ र अशुभ कुराको संकेत गर्ने विश्वास हिन्दूधर्मावलम्बिहरुले विशेषरुपमा गर्ने गरेका छन् । कुकुर, विरालो, फ्याउरो, काग लगायत जनावर तथा पशुपंक्षीहरुले पछि हुने कुराको संकेत गरिरहेका हुन्छन् भन्ने मान्यता नेपालमा रहेको छ ।
सामन्यतया बाटोमा हिँड्दा बिरालोले बाटो काट्यो भने अशुभ मान्ने गरिएको छ । कतै जान लाग्दा बिरालो वा न्याउरी मुसाले बाटो काटेमा त्यो काम नबन्ने विश्वास आम रुपमा गर्ने गरिएको छ ।
त्यसैले यदी बिरालो न्याउरी मुसा, छेपारो आदीले बाटो काटेको देखेमा केही बेर कुर्ने र अर्को कोही गएपछि मात्र जाने नेपालीको संख्या अधिक मात्रामा रहेको छ । विशेषगरि सवारीसाधन प्रयोगकर्ताहरुले त यी जनावर वा जीवले बाटो काटेमा सवारी दुर्घटना हुने भन्दै अगाडि बँढ्न संकोच मान्ने गरेका छन् ।
बिरालोले बाटो काट्नु, बिरालो रुनु र आपसमा झगडा गर्नु पनि अशुभ मानिन्छ । सामान्यता बिरालोको बाटो काटेको अशुभ मानिन्छ। यदि बिरालोले यदि दाहिनेतिरबाट बाटो काटेको छ भने बायाँ तर्फ जानु भयो भने बिरालोले बाटो काटेको अशुभ मानिदैन।
तपाइँ कुनै शुभकार्यमा जाँदै हुनुहुन्छ र बिरोलो आफ्नो मुखमा मासुको टुक्डा लिएर उभिएको देखियो भने तपाइँको काम सफल हुन्छ। यदि सुतिरहेको व्यक्तिको टाउको बिरालोको चाट्यो भने यस्ता व्यक्ति सरकारी मामिलमा फस्न सक्छ। दिपावलीको रातमा घरमा बिरालो आउनु शुभ मानिन्छ।
यदी बिरालो न्याउरी मुसा लगायतले बाटो काटेको दोष निवारणका लागि केही झारपात वा स्याउलालाई ढुंगाले थिचेर दोस पन्छाएर अघि बढ्ने चलन पनि रहेको छ । तर यसको कुनै वैज्ञानिक आधार र तथ्य भने पाँइदैन ।
त्यस्तै धर्मशास्त्र अनुसार, कुकुर रोयो भने आउने दिनमा केही अशुभ घट्ना घट्ने संकेत भन्ने बुझिन्छ । कुकुर रोएमा घर परिवार वा नजिकै कसैको मृत्यु हुने विश्वास गरिन्छ । कुकुर धेरै दिनसम्म लगातार एकोहोरो रोएको खण्डमा केही अशुभ समाचार सुन्नुपर्ने मत रहेको छ ।
विहानै काग घर नजिक आएर घरतर्फ फर्किएर वा कुनै व्यक्तितर्फ इंगित गर्दै कराएमा पनि अशुभ मान्ने गरिन्छ । कागले कराउँदा केही अशुभ समाचार दिएको मत राख्नेहरु पनि छन् ।कागलाई यमराजको सूचना दिने पंक्षीको रुपमा हिन्दू धर्म शास्त्रमा व्याख्या गरिएका कारण पनि यस्तो मान्यता रहेको हुन्छ ।
कतै जाँदै गरेको समयमा कागले कुनै भाँडोमा पानी पिउँदै गरेको देखियो भने यो शुभ संकेत हो । यसले धन लाभ हुने संकेत दिन्छ । जुन काम थालेको हो त्यो सफल हुन्छ भन्ने संकेत समेत दिन्छ ।