बीमाको एक करोड असुल गर्न आफ्नै पसलमा आगो लगाउँने शर्मा प्रहरी खोरमा

मंगलबार, २७ फाल्गुन २०८१

काठमाण्डौँ – एक व्यापारीले १ करोड बीमा दावि गर्न आफैले आगो लगाएका छन् । पोखराको न्युरोडस्थित शर्मा आइटी हबमा १ करोड रुपैयाँको बीमा रकम दाबी गर्न सञ्चालक रमेश शर्माले आफैंले आगो लगाएका हुन् ।

पसलमा आगो लगाएर क्षतिपूर्ति माग गर्दै बीमा रकम दाबी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । फागुन ११ गते लागेको आगो प्रहरी र दमकलको सहयोगमा निभाईएको थियो ।

गत पुसमा मात्र पोखरा–८ न्युरोडमा खुलेको शर्मा आइटी हबमा १ करोड रुपैयाँको बीमा रकम दाबी गर्न सञ्चालक आफैंले आगो लगाएको खुलेको हो । यही फागुन ११ गते हबमा आगलागी भएको थियो ।

यसका सञ्चालक रमेश शर्माले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै निवेदन दिएका थिए । नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।पसलमा आगो लगाएर क्षतिपूर्ति माग गर्दै बीमा रकम दाबी गर्ने गलत मनसाय राखेको अभियोगमा प्रहरीले सञ्चालक रमेश शर्मा लोहारलाई पक्राउ गरेको छ ।