दुई जना नेपाली विद्यार्थीले निशुल्क एमबीबीएस अध्ययन गर्न पाउने

आइतबार, ३ चैत्र २०८१

काठमाडौं- दुई जना नेपाली विद्यार्थीले निशुल्क एमबीबीएस अध्ययन गर्न पाउने भएका छन् । एनआरएनएको प्रस्तावमा भारतको एसियन इन्टरनेशनल युर्निभर्सिटीमा निशुल्क एमबीबीएस अध्ययन गर्न पाउने भएका हुन् ।

एनआरएनएका अध्यक्ष डा बद्री केसी र युर्निभसिर्टीका रेक्टर एस एस देखकानोयले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावमा दुई जना नेपालीलाई निशुल्क एमबीबीएस अध्ययनको अवसर प्रदान गरिने भएको छ ।

थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनका अवसरमा एसियन इन्टरनेशनल युर्निभर्सिटीमा एमबीबीएस अध्ययनको लागि दुई जना नेपालीलाई अवसर प्रदान गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यस सम्बन्धी सम्पूर्ण प्रक्रियामा एनसीसी किर्गिस्तानका अध्यक्ष किसान भण्डारीले विशेष भूमिका निर्वाह गर्ने एनआरएनएले जनाएको छ । उनकै पहलमा एनआरएनए र युर्निभसिटीबीच यस महत्वपूर्ण विषयमा एमओयू भएको हो ।