ज्ञानेन्द्रलाई ललिपप देखाएर घरको न घाटको बनाउँदै चौधरी

सोमबार, ११ चैत्र २०८१

काठमाडौँ – डलर अर्बपति विनोद चौधरीले ज्ञानेन्द्रलाई डुबाउने भएका छन् । चौधरीले आफ्नो तर्फबाट नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ललिपप देखाएर राजीनामा गर्न लगाएर घरको न घाटको बनाउने रणनीति बनाएका छन् । ढुङ्गाना क्षमतावान भएपनि उनका कारण बैंकमा लोद्दर लागेको चौधरीको बुझाई छ । ढुंगानाले नेतृत्व गरेका सबै संस्था कोल्यापस भएको तितो विगतलाई सम्झिएर चौधरी झस्किएका छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिन लगाएर राष्ट्र बैंकको रिक्त हुनै लागेको गभर्नरमा विनोद चौधरीको उम्मेदवारका रुपमा अघि सारिएका ढुंगाना यतिखेर अनिवार्य वार्षिक बिदामा बस्दा उनले राजीनामा दिएको हल्ला गरिएको छ ।

तर,एउटा बैंक तथा वित्तीय संस्थामा कार्यरत सिइओ तथा अध्यक्ष अर्को बैंक तथा वित्तीय संस्थामा जाँदासमेत कम्तीमा छ महिना कुलिङ पिरियड रहने हुँदा गभर्नरको निम्ति सहजै उम्मेदवार बन्नसक्ने अवस्थै छैन । काँग्रेस कोटाबाट उम्मेदवार हुनसक्ने आकलन गर्दै उनै ढुंगानाले केही दिनअघि बूढानीलकण्ठ पुगेर सम्भावित प्रतिस्पर्धीहरुको बारेमा चुक्ली लगाएका थिए । यता,गभर्नरको निम्ति उम्मेदवारी तयारी भन्दै राजीनामाको प्रचार गरेका उनीबारे स्वयम् नबिलका हाकिमहरु अनिवार्य बिदामा बसेको हो भनिरहेका छन् ।

गभर्नर बन्ने आकांक्षीमध्ये केहीले बूढानीलकण्ठ पुगेर काँग्रेस सभापतिसँग इच्छा व्यक्त गरिसकेका छन् । तीमध्ये ढुंगाना पनि एक भएको स्रोतको दावी छ । गभर्नर बन्नैको लागि सिइओबाट राजीनामा दिएको भन्दै समाचार प्रकाशित गर्ने एउटा अनलाइनमा प्रतिक्रिया जनाउँदै गजेन्द्रमान श्रेष्ठले लेखेका छन् विनोद चौधरीका बलमा गभर्नर बन्ने सपनामा छन्,ढुंगाना । सम्झना रहोस्,चौधरी आफ्नो मतलब पूरा भएपछि आँपको खोयाजस्तै चुसेर मिल्काउनमा माहिर छन् ।’