एईसीसी ग्लोबलको ‘ग्लोबल एजुकेशन फेयर’ आज, आईफोन १६ जित्ने अवसर
काठमाडौँ – नेपालको विश्वासिलो शैक्षिक परामर्श संस्था एईसीसी ग्लोबलको ‘ग्लोबल एजुकेशन फेयर’ आज हुने भएको छ । काठमाडौँस्थित एईसीसीको कार्यालयमा हुने फेयरमा विभिन्न देशका ३० भन्दै बढी विश्वविद्यालयको सहभागिता हुनेछ ।
अस्ट्रेलिया, अमेरिका, बेलायत, न्युजिल्याण्ड, क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरि फेयर आयोजना गरिएको एईसीसी ग्लोबले जनाएको छ । फेयरमा ति देशका विश्वविद्यालयहरूका प्रतिनिधिहरूको सहभागिता हुने भएकाले उनीहरुलाई भेटेर छात्रवृत्ति, पाठ्यक्रम र अध्ययन कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी लिन सकिने बताइएको छ ।
फेयरमा उत्कृष्ट गन्तव्यहरूका विश्वविद्यालय प्रतिनिधिहरूलाई भेट्नु मिल्ने, पाठ्यक्रम, छात्रवृत्ति र भिसाका लागि विशेषज्ञ मार्गदर्शन प्राप्त हुने आयोजकले जनाएको छ । फेयरमा भाग लिने विद्यार्थीले परीक्षा तयारी कक्षाहरूमा ७० प्रतिशत छुट, अष्ट्रेलियाको लागि निःशुल्क प्लेन टिकट जित्ने मौका, पहिलो १०० विद्यार्थीहरूलाई निःशुल्क फिल्म टिकट, आईफोन १६, आईप्याड, स्मार्टवाच लगायतका रोचक पुस्कार जित्न सक्नेछन् ।
एईसीसीले चैत १७ गते पोखरामा र १८ गते चितवनमा पनि फेयर गर्दैछ । एईसीसी आफू अनुकुलको स्थानमा सम्पर्क गरेर सहभागिता जनाई आफ्नो उज्वल भविश्यको योजना बनाउन अनुरोध गरेको छ ।