मानिस किन घुर्छ ? के हो यसको रोकथाम ?
सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कने एक प्रकारको आवाजलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ ।
पछिल्लो समयमा बैज्ञानिकहरुले घुराई आफैमा रोग नभएपनि रोगको संकेत हो भनेर भनेका छन् । बैज्ञानिकहरुका अनुसार बढी घुर्ने व्यक्तिमा कुनै न कुनै समस्या हुन्छ । त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थयमा बढी चनाखो हुनु जरुरी छ ।
घुर्नुको कारण के हो ?
हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ । त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ ।
हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ – आफ्नो प्रकृयाको लागि छुटिन्छ । त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ । स्वासप्रस्वास प्रकृयामा जव एरो डाईजेष्टिक ट्रयाक भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ ।
मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भागलाई मुखे घाटी भनिन्छ । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भनिन्छ । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।
कस्ता व्यक्ति बढी घुर्छन ?
–नाकमा समस्या भएका व्यक्तिहरु ।
–तालुको समस्या भएका व्यक्तिहरु ।
–लिगलिगे मुखको भित्रि भागमा झुण्डीएको सानो मासुको भागमा समस्या भएका व्यक्तिहरु ।
अन्य कारणहरु
–नाक भित्रको मासु सुन्निएको छ भने ।
–नाकको डाडी टेढो छ र स्वास फेर्न बाधा पुगेको छ भने ।
–नाकमा मासु पलाएको छ भने ।
–तालु प्यालेट सुन्निएको छ भने ।
–लिगलिगे मोटो भएमा ।
–मुखे घाटीको भाग साघुरियो भने ।
–नाकेघाटीको भाग साघुरियो भने ।