टिकटक बनाउने चक्करमा एक महिला कालीगण्डकीमा बेपत्ता
काठमाडौँ – टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् ।
पर्वतको कुस्मास्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्दैगर्दा चिप्लिएर पर्वतको महाशिला गाउँपालिका–५ घरकी ३५ वर्षीया विष्णु पन्त नदीमा खसेकी थिइन् ।
बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेकोप्रहरीको भनाई छ । उनीसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनीहरु भने सकुशल फर्किएको प्रहरीले जनाएको छ ।