एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आइफोन १६ उपहार दिने
काठमाडौँ – एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आइफोन १६ उपहार दिने भएको छ ।
बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकलाई आइफोन १६ उपहार दिने भएको हो ।
वैशाख १ गतेदेखि ३१ गतेसम्म रिचार्ज गर्ने ग्राहकलाई गोलाप्रथामा सहभागी गराई एक जना भाग्यवानी विजेतालाई आईफोन उपहार दिने बैंकले जनाएको छ ।
योजनामा सहभागी हुने ग्राहकहरूबाट गोलाप्रथाद्वारा एक जना विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ। यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ।