कान्छी सांसद निशा डाँगीमाथि सुमनाले लगाइन् गम्भीर आरोप

सोमबार, ८ बैशाख २०८२

काठमाडौँ – रास्वपा नेतृ सुमना श्रेष्ठले कान्छी सांसद निशा डाँगीमाथि गम्भीर आरोप लगाएकी छिन् । पत्रकारसमेत रहेकी रास्वपा सचेतक डाँगीले सुमनाको राजीनामा बारे मिडियालाई सूचना दिएको आरोप लगाएकी छिन् । केही समयअघि संसदमा बोल्ने विषयमा उनीहरुबीच लफडा भएको थियो । त्यही लफडापछि उनीहरुबीच बोलचाल बन्द भएको छ ।

सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुध्दिकरणको मुध्दामा भैरहवा कारागारमा रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठको सहमहामन्त्री पदबाट राजीनामा यतिखेर चर्चामा छ । पत्र सार्वजनिक भएपछि उनले दिएको अभिव्यक्तिले माहौललाई झनै गर्मागरम बनाएको छ । उनले आफूले नभई पार्टीभित्रैबाट कसैले पत्र बाहिर्याएको आरोप लगाएकी छन् ।

सुमनाले संसद्मा ‘हिरोइज्म’ देखाएको, स्वतन्त्र सांसदजस्तै व्यवहार गरेको,आफूखुशी विधेयक दर्ता गर्ने गरेको,प्रमुख सचेतक सन्तोष परियार र आफूलाई नटेरेको भनी उनले पार्टीमा समेत जानकारी गराएको स्रोतको जिकिर छ ।

तर, उनको तर्फबाट त्यस विषयमा कुनै प्रतिक्रिया आएको थिएन । गत वैशाख ४ गते राजीनामा पत्र बुझाइन् । सोपश्चात् पार्टीभित्रैबाट आफ्नो राजीनामा पत्र बाहिरिएको बताइन् । केन्द्रीय समिति बैठकअगाडि नियोजित रुपमा राजीनामा छरपष्ट पार्नेमाथि अनुसन्धान गरिने उनको भनाइ छ । उनको सो प्रतिक्रियाले पार्टीभित्र तरंग ल्याएको छ । सुमना पक्षले भने सचेतक तथा कान्छी सांसद निशा डाँगीले राजीनामा छताछुल्ल बनाइदिएको हुनसक्ने अनुमान लगाएको छ ।