पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्न माग

आइतबार, १४ बैशाख २०८२

काठमाडौं – नेकपा (एमाले) का सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सांसद गैरेले वक्तव्यमा श्री ५ को सरकारु लेखिएको भन्दै कारबाहीको माग गरेका हुन्।

जम्मू–कश्मीरमा भएको आक्रमणबारे शनिबार संवाद सचिव डा.फणिराज पाठकबाट प्रकाशित वक्तव्यको शीर्षकमा श्री ५ महाराजाधिराजु लेखिएको छ । गैरेले शाह र पाठकले कानुनी राज्यको उपहास गरेको बताए ।

“नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेव भन्ने कहाँ छ ?,” उनले भने, “यो लेख्न पाइन्छ कि पाइँदैन रु यो संसद्, संविधानको सर्वोच्चता, कानुनी राज्यको उपहास गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन रु त्यसकारण संवाद सचिवका रूपमा नाम रहेका फणिराज पाठक र यो संवेदना लेख्न बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस् ।”