एकैठाउँ थुप्रिदै राजावादी झुण्डहरु
काठमाडौँ – राप्रपा नेपालको आयोजनामा राजावादी झुण्डहरु आज रत्नपार्कको शान्तीबाटिकामा जम्मा हुने भएका छन् । यसअघि भृकुटी मण्डपमा हुने भनिएको कार्यक्रम शान्ति बाटिकामा हुने भएको हो । कार्यक्रममा सबै राजावादी झुण्डहरु एकै मन्चमा जम्मा हुने आयोजकले जनाएको छ।
चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ र राजसंस्था र धर्मनिरपेक्षताको विरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेकोमा त्यो तत्काल रोकिनु पर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार काठमाडौँको प्रदर्शनीमार्गमा हुन लागेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको राप्रपाले जनाएको छ ।
‘पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुने, समान बिचार भएका दल, समूह, अभियान , संघ–संस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताको लागि पत्राचार गरिएको बुझिएको छ।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट ,राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बीपि), शिव सेना नेपाल लगायतका राजावादी अभियानताको उपस्थिति हुनेछ।