भारतमा मतगणनाको ताजा अवडेटः भाजपा गठबन्धन अगाडी बढ्दै, गान्धीलाई अर्को झट्का
काठमाडौं – काठमाडौं – भारतीय जनता पार्टीले नेतृत्व गरेको (भाजपा) गठबन्धनले आफ्नो अग्रताको सिट संख्या बढाउँदै छ । बेलुकी ७ः३० बजे सम्मको ताजा मतपरिणाम अनुसार भाजपा गठबन्धनले ३४८ सिटमा अग्रता लिएको छ ।
लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लैको ३०२ सितमा अग्रता देखिन्छ । भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएपछि कंग्रेस आइमा छटपटी सुरु भएको छ ।
चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले हार स्वीकारेका छन । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ८८ सिटमा अगाडि छ कंग्रेस एक्लैले ५१ सिटमा अग्रता लिएको छ । अन्य दलहरु १०८ सिटमा अगाडि छन ।
लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो ।
त्यस्तै, कंग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई झट्का लागेको छ । चुनाव हार्ने निश्चित भएपछि उनले आफ्नो हार भएको स्वीकारेका छन । उनले चुनाव लडेको अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग लगभग पराजित हुने भएपछि उनले हार स्वीकारेका हुन । तर, अर्को क्षेत्रबाट चुनाव जितेका उनले अमेठीका जनताको फैसलालाई सम्मान गर्ने बताए ।


