बालकलाकार सारा शर्माको महत्वपूर्ण भूमिका रहेको चलचित्र ‘मोहर’ को फर्स्ट लुक सार्वजनिक

बिहिबार, १८ बैशाख २०८२

काठमाडौँ – बालकलाकार सारा शर्माको महत्वपूर्ण भूमिका रहेको चलचित्र ‘मोहर’ को फर्स्ट लुक सार्वजनिक भएको छ। पल शाह, बेनिशा हमाल र नीति शाहसहितको मुख्य भूमिका रहेको  २०८२ साल साउन २३ गतेबाट रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘मोहर’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको हो ।

“ए स्टोरी बेस्ड अन अनरिटेन रुल्स” भन्ने ट्यागलाइनसहित आएको यस पोष्टरमा फिल्मका मुख्य पात्रहरूलाई देखाइएको छ।

पोस्टरमा पल शाह गम्भीर र क्रोधित मुद्रामा देखिएका छन् भने बेनिशा हमाल डराएको अनुहारमा प्रस्तुत छिन्। अर्की नायिका नीति शाह भने हर्षित अभिव्यक्तिमा देखिएकी छन्।

यस्तै, अर्जुन जंग शाहीलाई पनि प्रमुख रूपमा समेटिएको छ। फिल्मको नाम ‘मोहर’ र यसको लोगो पोष्टरमा विशेष आकर्षणको रूपमा राखिएको छ।

फिल्मका अन्य प्रमुख कलाकारहरूमा मिथिला शर्मा,रवीन्द्र झा,सुशील देवकोटा,लक्ष्मी गिरी,बालकलाकार सारा शर्मा
रहेका छन्।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको ‘मोहर’ चुम्बन जंग शाहीको निर्माणमा तयार भएको हो। फिल्म मेकर्स प्रालीको व्यानरमा निर्माण गरिएको यो चलचित्रमा डीओपी: दीपेन बस्न्यात,एक्सन: कुमार महर्जन,सम्पादन: भूपेन्द्र अधिकारी,संगीत:सुरेश अधिकारी, एसडी योगी,गीतकार: प्रमोद ढुंगाना, हर्क साउद,नृत्य निर्देशन: कविराज गहतराज, रामजी लामिछाने,मुख्य सहायक निर्देशक: गिरिराज घिमिरे,निर्माण नियन्त्रक: लक्ष्मणराज पौडेलको रहेको छ।

‘मोहर’ एक सामाजिक कथावस्तुमा आधारित फिल्म हो जसले समाजमा मौन रूपमा लागू रहेका केही ‘अनरिटेन रुल्स’ माथि प्रश्न उठाउने प्रयास गर्छ।