पार्टी एकता भाडिएपछि नाउपा अध्यक्ष रञ्जिता अस्पताल भर्ना

बिहिबार, १८ बैशाख २०८२

काठमाडौं – पार्टी एकतापछि उत्साहित भएर अस्पतालबाट डिस्चार्ज भएकी रञ्जिता श्रेष्ठ चौधरी पुनः अस्पताल भर्ना भएकी छिन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ जनमत पार्टीसँग हुने एकतामा सहभागी हुन बुधबार डिस्चार्ज भएकी थिइएन् । सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी विहिबार विहान टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी छिन् ।

खासमा उनी बुधबार नै अस्पतालमा भर्ना भएकी थिइन् । तर पार्टी एकता घोषणा रहेकाले उनी अस्पतालबाटै कार्यक्रममा उपस्थित भएकी थिइन् ।

कार्यक्रमबाटै पार्टीका संरक्षक एवम् उनका श्रीमान् रेशम चौधरी पक्राउ परेका थिए । पक्राउपछि रेशमलाई छुट्टाउन उनी डिल्लीबजार कारागार पुगेकी थिइन् ।

रेशम रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त भइन् । राति अबेरसम्म बसेपछि उनलाई थप समस्या भएको हो।