भारतमा अप्रेशन सिन्दूर नामको चलचित्र बन्दै

शुक्रबार, २६ बैशाख २०८२

काठमाडौँ —भारतले पाकिस्तानविरुद्ध हमला गर्दा राखेको ‘अप्रेशन सिन्दूर’ नाममा चलचित्र बन्ने भएको छ । भारतीय सेनाले पहलगाममा आफ्ना पति गुमाएका महिलाहरुलाई समर्पित गर्दै पाकिस्तानविरुद्धको कारवाहीलाई ‘अप्रेशन सिन्दूर’ नाम दिएको थियो । ६० जना बलिवुडका फिल्म निर्माता र निर्देशकहरुले यो नाममा फिल्म बनाउन पाउँ भन्दै निवेदन दिएका छन् ।

यसैबीच बलिवुडका फिल्म निर्माता र निर्देशकहरुले अप्रेशन सिन्दूर को नामबाट सिनेमा बनाउन होडबाजी चलिरहेको छ ।

भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म विभिन्न राज्यमा पाँच दर्जन भन्दै अप्रेशन सिन्दूर नामका लागि निवेदन दिएको उल्लेख छ । त्यस्तै मिशन पहलगाम का लागि पनि कैयौं निवेदन परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इन्डियन मोसन पिक्चर प्रोड्युसर एसोसियसनले दर्जनौं निवेदन पाएको जनाएको छ । त्यस्तै वेस्टर्न इण्डिया फिल्म प्रोड्युसर एसोसियसन र प्रोड्युसर गिल्ड अफ इण्डियाले पनि अप्रेशन सिन्दूर र मिशन पहलगामु को नामका लागि निवेदन दिएको रिपोर्टमा उल्लेख छ ।