कुलमानलाई भष्ट्राचारी भन्ने मोदीलाई झट्टा, प्राधिकरणले थप्यो ११ लाख ग्राहक

शनिबार, ११ जेष्ठ २०७६

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकको संख्या आक्रामक रुपमा बढाएको छ । साढे २ बर्षको समयमा प्राधिकरणले ११ लाखभन्दा बढी ग्राहललाई मिटर वितरण गरेको छ ।

३ वर्ष अघिसम्म प्राधिरकणले वर्षमा मुस्किलले १ लाख मिटर वितरण गर्ने गरेको थियो । कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि प्राधिकरणले आवस्यकता अनुसार ग्राहकलाई मिटर उपलब्ध गराउँदा ग्राहकको संख्या ह्वात्तै बढेको हो ।

प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार साढे दुई वर्षको अवधिमा ६५ बाट ७८ प्रतिशतसम्म राष्ट्रिय प्रसारणलाइन पुगेको छ । यसैको बलमा प्राधिकरणले ग्राहकको संख्या आक्रामक रुपमा विस्तार गर्न सकेको हो ।

प्राधिरकणले ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर लाइन नपुगेका क्षेत्रमा बिजुली सेवा पुर्‍याइरहेको छ । यसका लागि दातृ निकायले पनि सघाउँदै आएका छन् भने प्राधिरकणले आफैं पनि वाषिर्क रुपमा बजेट छुट्याएर विजुली सेवा विस्तारको काम गरिहरेको छ ।

अढाई वर्षमा करिब १२ प्रतिशतले विद्युत सेवा विस्तार गर्न सफल भएको प्राधिरकणले अबको ४ वर्षमा देशका सबै सम्भाब्य भागहरुमा बिजुली पुर्‍याइसक्यो लक्ष्य लिएको थियो ।

‘हामीले बिजुलीको पोल, ट्रान्सर्फमर र मिटरका आधारमा हुने राजनीति अन्त्य गर्न सकेका छौं । सर्वसाधारण जनतालाई पोल र ट्रान्सर्फमरका लागि अहिले नेताबाट फोन गराउनुपर्ने अवस्था छैन,’ घिसिङले भने, ‘जनताले माग गर्नासाथ अवस्था हेरेर प्राधिरकणले आवश्यक व्यवस्था गर्छ ।’

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका थिए ।

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३÷७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र नीजि क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मत सम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयन लगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले कुलमान घिसिङलाई भष्ट्राचारी भन्दै उनी माथि खनिएपछि जनस्तिरबाट ठुलो आलोचना भएको थियो । कुलमान आएपछि घाटामा रहेको प्राधिकरण नाफामा लिएका कुलमानमाथी मोदी खनिएपछि हामीले उनी आएपछि प्राधिकरणका प्रगतिका बारेमा यो सामाग्री तयार पारेका हौँ । यो सामाग्री पढेपछि मोदीलाई केही भएपनि सकारात्मक सोचको विकास होला की आशा गरौं ।