पूर्वराजा ज्ञानेन्द्र शाहलाई बालेनले भेटेको विषय झुट प्रमाणित
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहलाई बालेनले भेटेको विषय झुट प्रमाणित भएको छ । राजावादीले बालेन र पूर्वराजाको भेट भएको हल्ला चलाएका थिए । तर पूर्वराजानिकट र बालेन निकट दुवै स्रोतले भेटवार्ता भएको विषय अस्वीकार गरेका छन् ।
पूर्वराजाको सचिवालयले बालेनलाई भेटेको कुनै जानकारी नभएको जनाएको छ भने बालेनको सचिवालयले एमालेले फैलाएको हल्ला भनेको छ ।
राष्ट्र, जनता र स्वाभिमानको सेवामा समर्पित यो भेट ऐतिहासिक बनोस्। नयाँ पुस्ता र गौरवशाली इतिहासबिचको यो संवाद राष्ट्र पुनर्निर्माणको दिशामा एक महत्त्वपूर्ण संकेत बन्न सकोस्’, भन्दै हाल पोर्चुगलमा बसेर राजावादीको पक्षमा गतिविधि गर्दै आएका रमेशराज बास्तालेले बुधबारफेसबुकमा यस्तो लेखका थिए ।
पोर्चुगलका लागि पर्यटन प्रवद्र्धक रहँदा उनले पूर्वराजाको प्रचारमा सरकारी लेटरहेड नै प्रयोग गरेपछि पदमुक्त भएका थिए । उनै बास्तोलाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा र बालेन शाहबिच भेटवार्ता भएको ‘अपुष्ट सूचना’ फेसबुकमा पोस्ट गरेका हुन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा