९ जिल्लाका जनतालाई सतर्क रहने बाढी पूर्वानुमान महाशाखाको अनुरोध

शनिबार, २४ जेष्ठ २०८२

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले ९ जिल्लाका जनतालाई सतर्क रहने अनुरोध गरेको छ । शनिबार बिहान चेतावनी जारी गर्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला जिल्ला भई वहने केही ससाना नदीमा बहाब सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुहुन अनुरोध छ।

यस्तै महाशाखाले आगामी ३ दिन (सोमबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ।

बाढी महाशाखाले अगाडि भनेको छ, ‘कन्काई, कमला र बागमतीमा बहाब केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।