६० किलो सुन तस्करी प्रकरणकी आरोपी रोका पक्राउ

शुक्रबार, ६ असार २०८२

काठमाडौँ – ६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ  ।

प्रहरीले उनलाई शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको हो । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन ९इन्टरपोल० मा डिफ्यूटन नोटिस जारी भएको थियो ।

रोका सुन काण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रीमती समेत हुन् । रोकाको नाममा ठमेलस्थित होटेल भियना दर्ता छ ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।