रास्वपाका दुई सांसदले देश छोडे
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई सांसदले देश छोडेका छन् । सांसदद्वय सोविता गौतम र हरि ढकालले केही दिनका लागि देश छोडेका हुन् ।
उनीहरु आज शनिबार साँझा भारतको बैंगलोर गएका हुन् । पार्टीको कर्नाटक राज्य भेलालाई सम्बोधन गर्न उनीहरु त्यता जान लागेको बुझिएको छ । उनीहरुले आइतबार बैंकटेस पुराको कमनहल्लीस्थित रामा टेम्पल हलमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने बताइन्छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनमा र उच्चस्तरी छानविनको माग गर्दै संसद अवरोध गर्दै आएका उनीहरु आन्दाmेजकै बिचमा भारत गएका हुन् ।