बाहिरियो केपी ओली र प्रचण्डको गोप्य सहमति, ओली सरकारको आयु तोकियो

बिहिबार, १६ जेष्ठ २०७६

काठमाडौं – पार्टी एकता हुनुभन्दा एक दिन पहिले भएको दुबै पार्टीका अध्यक्षहरुबीच भएको गोप्य सहमति बाहिरिएको छ । गोप्य सहमतिमा दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने गरी सहमति भएको खुलासा भएको छ ।

तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

गोप्य सहमितमा प्रचण्ड र ओलीले हस्ताक्षर गरेका छन् भने साथीएका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ ।

समानताका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकोमा केपी शर्मा ओलीले १५ महिना सरकारको नेतृत्व गरिसकेका छन् । अब उनको अढाइ वर्षे कार्यकाल पूरा हुन १५ महिना बाँकी छ ।

यसवीचमा सरकारले राम्रो काम ग¥यो र पार्टी सन्तुष्ट भयो भने ओलीलाई ५ वर्ष नै सरकार चलाउन दिने प्रचण्डले बताएका छन् । तर, ओलीलाई ५ वर्ष प्रधानमन्त्री बन्न दिनका लागि पार्टी सञ्चालनको जिम्मा आफूले पाउनुपर्ने प्रचण्डको माग छ ।