विजय केसीको ससक्त अभिनयमा मार्मिक लोकदोहोरी गित “विछोडको पिडा” चर्चामा
काठमाडौं – नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गितहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गायक एबं संगीतकार भरत परियारको मार्मिक लोक दोहोरी गित “बिछोडको पिडा” सार्वजनिक भएको छ।
भरत परियार र गायत्री रानाको स्वरमा सुसज्जित लोकदोहोरी गित “बिछोडको पिडा”मा राजु श्रेष्ठको शब्द र भरत परियार कै संगीत रहेको छ।
यस गितलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्। यस गितको भिडियोलाई नरेन्द्र बहादुर धामीले निर्देशन र सम्पादन गरेका हुन् भने सरोज शाहीले छायांकन गरेका हुन्।
उक्त गीतको भिडियोमा बिजय केसी, निरु बुढा मगर र देव कुमारी खड्गी आदीको ससक्त अभिनय रहेको छ। यस गितलाई भरत परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
नेपाली लोक तथा प्रगतीवादी साहित्यको श्रीवृद्धिका लागि डेड दशकदेखि आफ्नो अन्य पेशासंगै अहोरात्र लागिरहेका परियार एक कुशल फेसन डिजाईनरसमेत हुन्।
गितमा अनुबन्धित कलाकार, सब्द, संगीत र म्युजिक भिडियोको सुन्दर फ्युजनले गीतलाई थप ससक्त बनाएकाले आम दर्शक स्रोतहरुको मन मनमा बस्न सफल हुने निर्माण पक्षको दाबी छ।