केटीहरूले रेस्टुरेन्टमा खाना चोरेर प्रेमी खोज्न थाले

शनिबार, ३ साउन २०८२

काठमाडौं—डेटिङ एपमार्फत केही केटीहरूले खाना चोरेर पुरुषहरूसँग सम्पर्क गर्ने गरेको खुलेको छ । अमेरिकामा डेटिङ साइटहरुको प्रभावकारिता घट्दै गएपछि केटीहरुले रचनात्मक तरिकाहरूले आधुनिक प्रेमी खोज्न यस्तो उपाय अपनाएका हुन् । यी महिलाहरूले रेस्टुरेन्टमा पुरुषले अडर गरेको खाना आफूले लिएर सामाजिक प्लेटफर्ममार्फत माफि माग्दै सम्पर्क गरेर सुवाउँदो ब्राइफ्रेण्ड खोज्ने गरेको समाचार श्रोतमा उल्लेख छ ।

उनीहरूले सन्देश पठाएर भन्छन्, ‘माफ गर्नुहोस्, मैले गल्तीले तपाईंको खाना लिएँ। म तपाईंलाई अर्को खाना खुवाउँछु’ यो बहाना बनाएर उनीहरू पुरुषहरूसँग कुराकानी गर्न सुरु गर्छन्, डेटिङको अवसर खोज्छन्।

यद्यपि, यो प्रवृत्ति कति व्यापक छ भन्ने पुष्टि भएको छैन। न्यूयोर्कको व्यस्त डेटिङ दृश्यमा डेटिङ एपहरूको प्रभावकारिता घट्दै गएको गुनासो छ। जसकारण यस्ता रचनात्मक तरिकाहरूले आधुनिक प्रेम खोज्न थालिएको हो।