प्रहरीमा जागिर छोड्नेहरु बढे
काठमाडौं – प्रहरी कर्मचारीमा जागिर प्रतिको मोह घट्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ३ सय ६९ जनाले राजीनामा दिएर जागिर छोडेका छन् । राजीनामा दिनेहरूमा कार्यालय सहयोगीदेखि प्रहरी अधिकारीसम्मका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार भेटघाटका क्रममा प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले प्रस्तुत गरेको तथ्यांकअनुसार
सात हजार ४ सय जनाको बढुवा र पदस्थापना तथा २१ हजार २ सय २४ रहेको सरुवा भएको छ । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत ४ सय १ जना, अन्य दर्जाका एक हजार ९४९ जना रहेका प्रवक्ता घिमिरेले बताए ।
‘यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना दुई हजार ७ सय १७ जना, बढुवा र पदस्थापना सात हजार ४ सय जना र सरुवा २१ हजार २२४ रहेको छ । दुई हजार ३६९ जनाले राजीनामा दिनुभएको छ । जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका एक हजार ९४९ जना रहनुभएको छ । अनिवार्य अवकाशमा जानेहरू ५२३ जना हुनुहुन्छ । १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत हुनुभएको छ भने कारबाही दुई हजार ७३ जनालाई गरेका छौँ, उनले भने ।
प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरू ५ सय २३ जना रहेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने दुई हजार ७३ जनालाई कारबाही गरिएको छ ।