जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्रीयादव

आइतबार, २५ साउन २०८२

काठमाडौं— खानेपानीमन्त्री प्रदीपयादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार बारास्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीयादवले जलवायु परिवर्तनका कारण तराई–मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताए ।

उनले मधेसका जनतालाई खानेपानीउपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालयमातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् ।

मन्त्रीयादवले हाल जडान गरिएका र जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिङको पानीले खानेपानीको समस्याबाट प्रभावित नागरिकले तिर्खा मेटाउन सहज हुने र केही हदसम्म समस्या समाधानहुने विश्वास आफूले लिएको दाबी गरे ।