सयौं तिज गितहरुको भिडमा भरत परियारको “तीजैको लहर मनै हरर” बोलको गीत चर्चामा

बिहिबार, २९ साउन २०८२

काठमाडौं – नेपाली सांगीतिक बजार तीजगीतमय बन्दै गएका बेला गायक एवं सर्जक भरत परियारले हिन्दु चेलीहरुको मर्मस्पर्सी बेदनालाई समेटेर मौलिक तिज गित “तीजैको लहर मनै हरर” सार्वजनिक गरेका छन् ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन केहिदिन बाँकी रहंदा भरत परियारले आँफु र सुमितामी परियारको आवाजमा मार्मिक तिज कोसेली “तीजैको लहर मनै हरर” केहिदिन अघि आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर केहिदिन अघिमात्र दर्शक स्रोता माझ ल्याएको गित “तीजैको लहर मनै हरर” ले सयौं गीतहरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको गायक तथा लोकप्रिय सर्जक परियारले बताएका छन् । परियारको  सुमधुर आवाजसंगै उत्कृष्ट शब्द , संगीतमा तयार पारिएको गीतमा रमेश सेञ्चुरीको संगीत संयोजन, समित परियारको ध्वनी सम्पादन रहेको छ।

त्यस्तै भिडियोमा नरेन्द्र बहादुर धामीको निर्देशन रहेको छ भने सरोज शाहीले छायांकन गरेका हुन्। सुरज आचार्यले गीतको कोरियोग्राफी गरेका छन्। उक्त भिडियोमा विजय केसी, अस्मिता बस्नेत, देवकुमारी खड्गी, डिके सुनार लगायतको ससक्त अभिनय रहेको छ।

यस भन्दा अगाडि पनि दर्जनौं लोक, आधुकिक गितहरु बजारमा पस्केर आफ्नो छुट्टै पहिचान बनाइसकेका परियारले “तीजैको लहर मनै हरर” बाट ठूलो सफलताको अपेक्षा गरेको र दर्शक स्रोताहरुको सकारात्मक प्रतिक्रियाले थप सिर्जना गर्न उर्जा मिलेको परियारले बताए।  परियार एक कुसल गायक, सर्जकसंगै एक कुसल फेसन डिजाइनरसमेत हुन्।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।