बुटवलमा पनि भव्य भयो गोल्डेन इमिनेन्टको सेमिनार, ४५ जना विद्यार्थीले पाए छात्रबृत्ति

शुक्रबार, ३० साउन २०८२

बुटवल – गोल्डेन इमिनेन्ट इन्टरनेशनले आयोजना गरेको दक्षिण कोरिया अध्ययन सम्बन्धी सेमिनार बुटवलमा भव्य रुपमा सम्पन्न भएको छ । शुक्रबार बुटवलको दियालो फूडल्याण्डमा सम्पन्न सेमिनारमा २ सय ५० बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।

सेमिनार पछि kyungsong university का डिन प्रध्यापक Hak Seon Kim, सहायक डिन प्रोफेसर Mina cho yo ले इच्छुक विद्यार्थीको अन्तरवार्ता लिएका थिए । अन्तरवार्तामा सहयोगी मध्ये ४५ जना विद्यार्थी पास भएका छन् । पास भएका विद्यार्थीले ३० प्रतिशत छात्रवृत्ति र २० प्रतिशत छात्रवृत्ति पाएका छन् ।

सेमिनारमा डिन प्रध्यापक Hak Seon Kim ले विश्वविद्यालयका विशेषताहरुको बारेमा जानकारी दिएका थिए भने सहायक डिन प्रोफेसर Mina cho yo ले सहजिकरण गरेकी थिइन् । सेमिनारमा भर्नाको मार्गदर्शन, छात्रवृत्तिको अवसर, भिसाको सम्भावना, ट्युसन फि, कोरियाको जीवन लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

सेमिनारमा सहभागी विद्यार्थीका लागि भाग्यशाली चिट्ठाको व्यवस्था गरिएको थियो । विश्वविद्यालयमा भर्ना भएर ट्युसन फि पठाउने विद्यार्थीलाई सतप्रतिशतसम्म छात्रबृत्तिको अवसर प्रदान गरिएको थियो भने केही विद्यार्थीलाई ट्युसन फिमा क्यास ब्याकको अवसर प्रदान गरिएको थियो ।

सेमिनारमा सहभागी विद्यार्थीले उत्साहित हुँदै आफूहरूले राम्रो विश्वविद्यालय भेटाएकोमा आफूलाई भाग्यमानी महसुस गरेको प्रतिक्रिया दिएका थिए । आयोजक गोल्डेन इमिनेन्टका प्रवन्ध निर्देशक प्रकाश रिजालले सेमिनारमा सहभागी भई अन्तरवार्तमा‌ पास हुने र छात्रवृत्ति पाउने विद्यार्थीलाई बधाई दिदै कोरियाबाट राम्रो शिक्षा लिन चाहने विद्यार्थीका लागि पथगलनकयलन गलष्खभचकष्तथ उपयुक्त गन्तव्य हुने बताएका थिए ।

बिहान ११ बजेदेखि सुरु भएको सेमिनार ३ बजेसम्म चलेको थियो । गोल्डेन इमिनेन्ट इन्टरनेशनले बुधबार काठमाडौँ।बिहीबार चितवनमा सेमिनार गरेको थियो भने आज बुटवलमा आयोजना गरेको हो । यो विश्वविद्यालयमा एक हजार बढी नेपालीहरू अध्ययनरत भएकाले भविष्य सुरक्षित रहेको विश्वविद्यालय प्रतिनिधिले विद्यार्थीलाई विश्वास दिलाएका थिए ।