रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य विग्रीयो
काठमाडौं – रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य विग्रीएको छ । शनिबार भैरहवाबाट नख्खु कारागार सरुवा भएका लामिछानेलाई शरिरमा पहेँलो देखिएपछि स्वास्थ्य परिक्षण गरिएको छ । जण्डिस भएको आशंका पछि उनको रगत परीक्षणका लागि अस्पताल पठाइएको रास्वपा प्रवक्ता मनिस झाले बताएका छन् ।
परिक्षणका लागि पठाइएको रगतको रिपोर्ट भने आइसकेको छैन् । भैरहवा कारगारमा हुँदा कारागार प्रशासनले गुम्सिएको कोठामा राखेर यातना दिएपछि रोग लागेको हुनसक्ने रास्वापा नेताहरुको आशंका छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए । सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।