प्रेरक प्रसंग : जीवनलाई समृद्ध कसरी बनाउने ?

आइतबार, २६ जेष्ठ २०७६

काठमाडौं – एकचोटी एक निर्धन स्त्रीलाई आफ्नो गाउँ छाडेर शहरमा गएर बस्नुपर्यो । नयाँ घरमा आउँदा उनलाई निकै आश्चर्य लाग्यो किनभने त्यहाँ प्रकाशका लागि विजुल्लीको चिम राखिएको थियो । उनले यसअघि चिमकोबारेका कहिल्यै देखेसुनेकी थिइनन् । गाउँको टुकीले भन्दा त्यसले धेरै गुणा प्रकाश दिइरहेको थियो ।

केही दिनपछि एक जना मानिस विजुल्लीको चिम बेच्दै त्यहाँ आए साठी किलोवाटको चिम लगाएर उनले स्विच दवाउँदा अत्यान्तै चम्किलो प्रकाश देखेर उनी आश्चर्यचकित भइन् । यस्तो सानो चिमबाट प्रकाश आउनु उनका लागि जादुमय चमत्कार थियो । मानौं त्यहाँ सूर्य नै जगमगाइरहेको थियो । उनको लागि यसअघि सानो चिम जलाउने त्यही विद्युत्बाट यो अद्भुत सूर्यजस्तो प्रकाश दिने चिन बलेको हो भनी सोच्नुपनि असम्भव थियो ।

हामी ति स्त्रिको अज्ञानता माथि हाँस्दैछौं । तर यसमा अधिकांश आफ्नो शक्तिहरुबारे त्यति नै अन्जान छन, जति ति स्त्रि विजुल्लको शक्तिबारे अन्जान छिन् । उनले जस्तै हामी पनि अपार शक्तिमध्ये सानो चिमको मात्र प्रयोग गरेर जीवनको अमुल्य दिन गुमाइदिन्छौं । हामी भित्रपनि त्यो सानो चिमभन्दा सय गुणा बढि शक्ति र प्रकाश लुकेको छ भन्ने हामी कहिल्यै सोच्दैनौं ।

हामी भित्र योग्यता र शक्तिहरुको सागर लहराइरहेको छ र त्यसमा असंख्य रत्न लुकिरहेको भन्नेबारे हामी कल्पना पनि गर्दैनौं । केवल एक पटक उक्त सागरमा डुबुल्की लगाउन आबश्यक छ, क्षणभरमै हामीले ‘समृद्धिको मोति’ भेट्टउँछौं । हामी आफै आफ्नो सफलताको सिमा बाँध्छौंं, आफै समृद्धिको लात हान्छौं, किन भने यस अपार सागरबाट हामी जीवनमा केही थोपा मात्रै लिन्छौं ।

उक्त विद्युत् श्रोतबाट केवल सानो चिमको प्रकाश मात्र लिन्छौं । त्यसैले जीवनको समृद्धिमा अधुुरो रहनसक्छौं । ति महिलाले जस्तै थुप्रै मानिस आफ्नो अटुट शक्ति भण्डारको धेरै कम उपयोग गर्दछन् । तिनीहरु इश्वरले आफ्ना लागि त्यति मात्रै उपयोग निश्चित गरिदिएकाले आफूहरुले त्यति थोरै उपयोग गरिरहेको सोच्छन् । तिनीहरुको कमी विजुल्लीको करेन्टमा नभइ आफ्नो सानो चिममा छ भनी सोच्दैनन् ।

हामीमध्ये ब्यक्तिले सन्देश र अविश्वासको कारण आफ्नो शक्ति नष्ट गर्न पुग्छौं । निर्धनता भनिएको विचारका कारण हामी स्वयम जीवनको सुखसमृद्धिबाट टाढिन्छौं । समृद्धिको प्रबाह संधै प्रसन्न मन तर्फ बग्दछ । त्यसको बहाव कहिल्यै निराश र सन्देहशील मनतर्फ हुँदैन । त्यसैले हामीले संधै यसको स्वागतका लागि आफ्नो ह्दयलाई प्रसंनन राख्नुपर्छ । किनभने चार वा आठ किलोवाटको चिम लगाएर हामीले साठी किलोवाट प्रकाशको आशा गर्न सक्दैनौं ।