प्रेरक प्रसंग : सकारात्मक सोचको जादु

बुधबार, २९ जेष्ठ २०७६

काठमाडौं – बाइबल पढ्नेलाई थाहा होला, यहाँ लेखिएको डेविट गोलिथको कथा । गोलिथ एउटा राक्षस थियो । त्यसले सबैको मनमा डरको भावना पैदा गरिदिन्थ्यो ।

एक दि एउटा १७ बर्षको भेडा गोठालो दाजुभाईलाई भेट्न आयो र सोध्यो, तपाईहरु एकजुट भएर किन त्यो राक्षससंग लड्नुहुन्न ? दाजुहरु धेरै डराएका थिए । उनीहरुले उत्तर दिए, ‘तिमिले त्यो राक्षस कति भयंकर छ भनेर देखेकै छैनौ । यति विशाल राक्षसलाई कसरी प्राहर गर्ने ?’ तर डेविटले भन्यो, ‘हैन त्यसलाई पिट्ने हो भने त्यो ठुलो छैन, बरु यत्तिकै छोडिदिनेको भने त्यसले मनपरी गरिदिन्छ ।’

यसभन्दा बाँकी सबै कथा हो । त्यसपछि के हुन्छ भन्ने हामीलाई थाहै छ । एउटा गुलेली हानेर त्यो डेविटले राक्षसलाई मार्यो । राक्षस त्यही थियो तर डेविटको दृष्टिकण भन्दा फरक थियो ।

हाम्रो हारलाई हामीले कसरी हेर्छौ भन्ने कुरा हाम्रो दृष्किोणले निर्धारण गर्दछ । सकारात्मक सोच राख्ने ब्यक्तिका लागि हार पनि सफलताको एउटा सिँढि हुन्छ भने नकारात्मक सोच भएका ब्यक्तिलाई ठेस लाग्ने ढुंगा बन्छ । ‘सोच र धनी बन’ लगायत थुप्रै पुस्तकहरुका लेखक नेपोलियन हिल भन्छन, ‘प्रत्यक समस्या उस्तै वा अझ ठुलो मौका लिएर आउँछ ।’ सिव खेराको पुस्त यु क्यान उइनबाट