आइतवार निजी विद्यालय बन्द हुने

शुक्रबार, ३१ जेष्ठ २०७६

काठमाडौं – असार १ गते आइतबार काठमाडौंका निजी विद्यालयहरु बन्द हुने भएका छन । निजी विद्यालयहरुको छाता सँगठन एन प्याब्सन काठमाडौँका सहसचिव, एनप्याव्सन गोकेर्णेश्वर नगरकमिटिका अध्यक्ष एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण असार १ गते आइतवार काठमाडौँका सम्पुर्ण निजी विधालयहरु बन्द हुने भएका हुन ।

प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा आइतवार काठमाडौँ भरिका सम्पुर्ण निजी विधालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विद्यालयहरुलाई अपील गरेका छन् ।

प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेर एक विज्ञप्ती जारी गर्दै आइतवार निजी विद्यालय बन्द गर्ने जानकारी गराएका हुन ।

लामो समय देखि शिक्षा क्षेत्रमा सकृय गुरुङको उपचारका क्रममा विहिवार मेडिसिटी हस्पिटलमा निधन भएको थियो । बे्रनह्यामरेजको अपरेशसन असफल भएपछि उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हेर्नुहोस को हुन बालकुमार गुरुङ ?