प्रिया सेन्चुरी र मनिष श्रेष्ठको आवाजमा रहेको ‘काठमाडौंको हिरोइन गित सर्वाधिक चर्चामा
काठमाडौं – एक दशक भन्दाबढी समय नेपाली गीत संगीतको जगेनार्थ अहोरात्र लागि परेकी लोकप्रिय गायिका प्रिया सेन्चुरी र गायक मनिष श्रेष्ठको सुमधुर आवाजमा नयाँ लोकदोहोरी गीत ‘काठमाडौंको हिरोइन’ सार्वजनिक गरिएको छ ।
मनिष श्रेष्ठ नामक अफिसियल युट्युब च्यानलमार्फत केहि समय अघिमात्र रिलिज गरिएको लोकदोहोरी गित ‘काठमाडौंको हिरोइन’ले सर्वाधिक चर्चा कमाउन सफल भएको छ।
गीतमा गायक मनिषकै शब्द र संगीत छ भने संगीत निर्माता बादल थापा हुन् ।गीतको भिडिओलाई निर्देशनको काम पनि गायक मनिषले नै गरेका छन् ।
यस्तै भिडियोमा मनिषसँगै सन्जना गुरुङ र जुना कार्कीले अभिनय गरेका छन् । अमन बडुले खिचेको भिडिओ नबिन निरौलाले सम्पादन गरेका हुन् ।
गायिका सेन्चुरीका योसहित सयौं गीतहरु बजारमा आइसकेका छन् र सबै गीतहरुले उत्तिकै लोकप्रियता कमाइसकेका छन् । भर्खरै सार्वजनिक भएको काठमाडौंको हिरोइन’ गीतले पनि छोटो समयमा झन्डै ५ लाख दर्शकहरुले नजर लगाइसकेका छन् ।गीत युवाहरुको भावना समेटेर रोमान्टिक सैलिमा तयार पारिएको र गितसंग अनुबन्धित कलाकारहरुको ससक्त प्रस्तुतीले अझै लोकप्रियता कमाउने निर्माण पक्षले दाबी गरेको छ ।
भिडियो सहित….