कुलमान र रविप्रति ओलीको कटाक्ष- पत्रकारितामा असफल भएर दल खोल्यो, अध्यक्ष बन्यो
काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धान्त र दर्शनबिना राजनीतिक पार्टी खोल्ने होडबाजी चलिरहेको टिप्पणी गरेका छन् ।
सम्पत्ति लुकाउन र अपराधबाट उम्किन राजनीतिमा लाग्ने प्रवृत्ति मौलाएको उनको भनाइ छ ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले दर्शन र सिद्धान्तबिना पार्टी खोल्ने होड चलेको बताएका हुन् ।
उज्यालो नेपाल पार्टी खोलेका कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै ओलीले अन्यत्र महत्वाकांक्षा पूरा नभएपछि दल खोल्न आएको बताए ।
‘कोही सम्पत्ति लुकाउन परे राजनीतिमा लाग्ने, कोही अपराधबाट उम्किन परे राजनीतिमा लाग्ने । कोही महत्वाकांक्षा पूरा नभए, पत्रकारितामा असफल भए राजनीतिमा लाग्ने । दल खोलेर अध्यक्ष बन्ने , अब तपाईंहरू पनि सम्पादक चलेन भनेर पार्टी खोल्ने कि ? सम्पादक चलाउन गाह्रो छ ’ ओलीले भने ।
ओलीले आसन्न निर्वाचनमा आयोगमा दर्ता भएका १४१ दललाई एक भएर कांग्रेस—एमालेविरुद्ध चुनाव लड्न चुनौती समेत दिए ।