१० बुँदे सम्झौताको विरोध गर्दा मिराज ढुंगाना र जितेन्द्रकुमार महतो पक्राउ

बिहिबार, २५ मंसिर २०८२

काठमाडौं—१० बुँदे सम्झौताको विरोध गर्दा मिराज ढुंगाना र जितेन्द्रकुमार महतो पक्राउ परेका छन् ।

बुधबार सरकार र जेनजीबीच भएको सम्झौताविरुद्ध सिंहदरबार गेटमा प्रदर्शन गर्न खोज्दा ढुङ्गाना र महत्वको समूहलाई प्रहरीले पक्राउ गरेको हो । ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध उनीहरुले प्रदर्शन गरेका थिए । यो समूहले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनपर्ने अडान राखेको छ ।