महेश बस्नेतलाई हराउन शोभा पाठक भृकुटी मण्डपमा
काठमाडौं— महेश बस्नेतलाई हराउन शोभा पाठक भृकुटी मण्डप पुगेकी छन् ।
हरेक महिलाको न्यायका लागि बलात्कारी बस्नेतलाई कारबाही गर्न माग गर्दै एमालेको ११औं महाधिवेशनको बन्द सत्रस्थल भृकुटी मण्डप पुगेकी हुन् ।
आफूलाई मारेर लाश गायब बनाइदिने धम्कीपूर्ण म्यासेज आएपछि सचिवका उम्मेदवार बस्नेतलाई हराउन फिल्डमा उत्रिएको उनको भनाई छ । उच्च अदालत पाटनमा उनीहरुबिचको मुद्धा विचाराधीन रहेको छ ।
लोकतान्त्रिक अभ्यासमा प्रतिकार र न्यायका लागि आवाज उठाउने अधिकार सबैलाई हुनुपर्ने भन्दै पाठकले एमालेभित्र गुण्डागर्दी हावी भएको आरोप लगाएकी छन् ।
उच्च अदालतमा विचाराधीन मुद्दा र साइबर अपराधसम्बन्धी मुद्दा कायम हुँदाहुँदै पनि महेश बस्नेतको उम्मेदवारी कसरी दर्ता भयो ? उनले प्रश्न उठाएकी छन् । पाठकले यस विषयमा एमाले निर्वाचन आयोगलाई बुझाइएको पत्रबारे समेत प्रश्न गरेकी छन् । भन्छिन्, ‘हामीले दिएको पत्र लभ लेटर थियो कि त्यो पत्र नै गायब पारियो ?’
बस्नेतलाई शोभासङ्गको मुद्दामा कानुनी सहयोग दिने सन्तना दाहाल न्यौपानेलाई महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सदस्यसम्मको सूचीमा समेटिएको छ ।
उनले पद र हैसियत जे जस्तो भए पनि न्यायको नजरमा बलात्कारी,हत्यारा र गुण्डा गुण्डा नै हुने उल्लेख गर्दै नेकपा एमालेका न्यायप्रेमी र विवेकशील व्यक्तिहरूलाई आफ्नो आवाजमा साथ दिन अपिल गरेकी छन् । शोभा वर्षौंसम्म बस्नेतसँग लिभिङ टुगेदरमा थिइन् ।
बस्नेतबाट यस क्रममा ललितपुर, बालकुमारी पुलनेरको ६ आना जग्गा पनि फुत्काइन् । त्यसअघि उनले वैधानिक तवरबाट अरु दुई जनासँग विवाह गरेका कागजात सार्वजनिक भइसकेका छन् ।
बस्नेतसँगको सम्बन्धबाट बसेको गर्भ मिल्काउन अध्यक्ष ओलीलाई एअरपोर्टबाट फोनमा जानकारी दिएर दुबै जना भारत गएको उनी आफै बताउँछिन् ।
यता,बस्नेतलाई शोभासङ्गको मुद्दामा कानुनी सहयोग दिने सन्तना दाहाल न्यौपानेलाई महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सदस्यसम्मको सूचीमा समेटिएको छ ।