रवि लामिछाने रिहा हुँदा सहकर्मी छविलाल जोशी थुनामै

बिहिबार, ३ पौस २०८२

काठमाडौं— रवि लामिछाने रिहा हुँदा सहकर्मी छविलाल जोशी थुनामै रहने भएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा कारागार चलान भएका रविलाई उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले रिहा गरेपनि पूर्वडिआईजी छविलाल जोशी थुनामै रहने भएका हुन् ।

रविलाई रिहा गर्दा जोशीलाई निवेदन लिएर आउन आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताएका छन् ।