दुई दिने मिडिया साक्षरता अभिमुखिकरण कार्यक्रम सुरु

शुक्रबार, ४ पौस २०८२

ललितपुर – नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजन र गोदावरी नगरपालिकाको सहकार्यमा दुई दिने ‘मिडिया साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम’ आजदेखि सुरु भएको छ। ​नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा रेमती प्रसाद सापकोटा प्रमुख अतिथ्यता रहेको छ ।

​कार्यक्रममा प्रशिक्षक भवाली दवाल सहभागीहरूलाई मिडिया साक्षरताको आवश्यकता, सूचनाको सही पहिचान र डिजिटल सुरक्षाका विषयमा प्रशिक्षण दिने बताइएको छ । विशेष गरी सामाजिक सञ्जालमा बढ्दै गएको भ्रामक सूचनालाई कम गर्न र पत्रकारिताका आधारभूत सिद्धान्तबारे सहभागीलाई प्रष्ट पार्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

​बज्रवाराहीमा आयोजित यस अभिमुखिकरणमा ललितपुरका स्थानीय पत्रकार र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ। दुई दिनसम्म चल्ने यस कार्यक्रमले सहभागीहरूलाई सूचनाको सत्यता जाँच गर्ने र जिम्मेवार नागरिकको रूपमा सञ्चार माध्यमको प्रयोग गर्ने कला सिकाउने छ।