बालेन र हर्कबारे प्रचण्डको टिप्पणी : फूल भनेको थिएँ, बिस्तारै काँडा बन्दै गए
काठमाडौं— बालेन शाह र हर्क साङ्पाङलाई गणतन्त्रको फुल भनेर नथाक्ने प्रचण्डले एकाएक काँडा भएको आरोप लगाएका छन् ।
शनिबार पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै आफूले फूल भनेर संरक्षण गरेका काठमाडौँका मेयर बालेन साह र धरानका मेयर हर्क काँडा बन्दै गइरहेको टिप्पणी गरेका छन् ।
उनले हाम्रो लोकतन्त्रको फूल भनेको तपाईंहरुलाई, अहिले तपाईँ फूलहरू त, विस्तारै काँड काँडा हुँदै गएको तर्फ इंगित गर्दै इतिहास र आन्दोलन प्रति गम्भीर हुन सुझाएका छन् ।