कुलमान घिसिङसंग रवि लामिछानेलाई पार्टी एकता गर्नुपर्ने बाध्यता

शनिबार, ५ पौस २०८२

काठमाडौं—एकता सदाका लागि टुगिएको अभिव्यक्ति दिएका कुलमान घिसिङसंग रवि लामिछानलाई पार्टी एकता गर्नुपर्ने बाध्यता आइलागेको छ ।

जेनजीहरुले कुलमानसंग मिलेर मात्र चुनावमा जान दवाब दिएपछि लामिछानेलाई बाध्यता आइलागेको हो ।

चितवनमा रहेका लामिछानेलाई उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसंग एकता गरेर मात्रै निर्वाचनमा जान चितवनका जेनजी समूहले दबाब दिएका छन्।

शुक्रबार मात्रै अदालतमा धरौटी बुझाएर रिहा भएका लामिछाने कार्यकर्तालाई सम्बोधन गर्न र घिसिङ उज्यालो नेपाल पार्टीको कार्यक्रममा सहभागी हुन चितवन आइपुगेका थिए।