सोमबार १३.८८ अंकले घट्यो नेप्से परिसूचक, बजार २५८१.२१ बिन्दुमा
काठमाडौँ — साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ ।
सोमबार नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू ३ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार लुम्बिनी विकास बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा पुगेको छ ।
आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।