आफ्ना स्वकीय सचिव ‘मुछिएको भ्रष्टाचार’ मुद्दामा ओलीले मुख खोले
काठमाडौं—आफ्नो स्वीकय सचिव भ्रष्टाचार मुद्धामा जोडिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छन् ।
आफ्नो स्वकीय सचिव राजेश बज्राचार्यले यती समूहको कम्पनी तारा एयरको नाममा रहेको घर किनेको स्वीकार गर्दै घर किन्दा भ्रष्टाचार नभएको बताएका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा जवाफ दिदै ओलीले बैंकिङ प्रणालीबाहिर लेनदेन भएको दावि गरेका छन् ।
सीआईबीले नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणको अनुसन्धान गर्दा सोही समयमा बज्राचार्यकी श्रीमती रश्मी शाक्यको नाममा बालकोटस्थित तारा एयर प्रालीको घरजग्गा नामसारी भएको तथ्य खुलेको थियो ।
बजार मूल्य चार करोड रुपैयाँभन्दा बढी पर्ने उक्त घर मालपोत कार्यालयमा भने ९६ लाख रुपैयाँ मात्रै देखाएर पास गरिएको थियो । बाँकी रकम यती समूहले घुसवापत छुट दिएको आशंका सीआईले अनुसन्धान गरिरहेको छ ।