ओली सरकारले बढाएको स्वास्थ्य परीक्षण शुल्क जेनजी सरकारद्धारा खारेज
काठमाडौँ —ओली सरकारले बढाएको स्वास्थ्य परीक्षण शुल्क जेनजी सरकारले खारेज गरेको छ ।
वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा गर्नुपर्ने स्वास्थ्य परिक्षणको शुल्क ओली सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले बढाएका थिए ।
सोही मन्त्रालयमा आएका जेनजी सरकारका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले महँगो शुल्क खारेज गरेका हुन् ।
शरदसिंहले विचौलियासँग मिलेमत्तोमा शुल्क बढाएर ९ हजार ५ सय पुर्याएका थिए ।
अब श्रमिकको स्वास्थ्य परिक्षण ६ हजार ५ सयमै हुने भएको छ ।