राष्ट्रपतिले शीर्ष तीन नेतासँगै प्रधानमन्त्रीलाई बोलाए छलफलमा

मंगलबार, ८ पौस २०८२

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र हाल नेकपाका संयोजक रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार दिउँसो ३ बजेका लागि सामूहिक छलफलमा बोलाइएको हो ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बोलाइएको बताइएको छ । आगामी निर्वाचनको वातावरण बनाउनका लागि प्रधानमन्त्रीले शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने माग उठिरहेका बेला राष्ट्रपतिले ती सबै पक्षलाई छलफलमा बोलाएका हुन् ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार उक्त भेटघाट तथा छलफल वर्तमान राजनीतिक परिस्थिति र प्रतिनिधिसभा विघटनपछिको अवस्था र निर्वाचन लक्षित रहेको बुझिन्छ ।