सिडिओको नाममा घुस उठाउने गिरोह पक्राउ

मंगलबार, ८ पौस २०८२

काठमाडौं— सिडिओको नाममा घुस उठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई लेखापढी व्यवसायी बताउने विराटनगरको मालपोत र जिल्ला प्रशासन कार्यालय आसपासका २९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो ।

सिडिओलाई समेत भाग लगाउनुपर्ने भन्दै सेवाग्राहीसँग घुस लिएको प्रमाणसमेत फेला परेपछि प्रहरीले अप्रेसन चलाएको थियो ।

मोरङका सिडिओ युवराज कट्टेलको नाम प्रयोग गरी घुस माग्ने गरेको प्रमाण फेला परेपछि सिडिओ कट्टेलकै निर्देशनमा प्रहरीले कारबाही गरेको हो ।