रवि, बालेन र कुलमान सहमति नजिक
काठमाडौं—रवि, बालेन र कुलमान सहमति नजिक पुगेका छन् ।
एउटै पार्टी बनाउन कसरत गरिरहेका उनीहरु विभिन्न पदहरुको भागवण्डा गर्दै सहमति नजिक पुगेका हुन् ।
कांग्रेस, एमाले र नेकपा जस्ता पुराना शक्तिहरूलाई विस्थापित गर्न नयाँ शक्तिबीच एउटै फोर्स निर्माणको छलफल चलाएका उनीहरुले शुक्रबार बेलुका सहमति गरेर शनिबार दिउसो पार्टी एकता गर्ने तयारी थालेका छन् ।
एकतापछि पार्टीको नाम रास्वपा, चुनाव चिन्ह घण्टी र प्रधानमन्त्री बालेन शाह बन्ने समझदारी बनेको छ ।