बालेनकै कारण रास्वपासँगको सहमतिमा हस्ताक्षर रोकियो
काठमाडौं—बालेनकै कारण रास्वपासँगको सहमतिमा हस्ताक्षर रोकिएको छ ।
सहमतिको खाका बनाउन गठित कार्यदलले तयार पारेका बुँदामा बालेनले असहमति जनाएपछि हस्ताक्षर रोकिएको हो ।
सहमति पत्रमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा बालेनलाई घोषणा गरेर चुनावमा जाने विषय टुगिंएको छ भने अन्य प्राविधिक विषयमा बालेनको असहमति छ ।
कार्यदलमा रास्वपाको तर्फबाट शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमार ब्यञ्जनकार र भुपदेव शाह रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) बीच सहमति जुटाउने प्रयास जारी रहेको यसका लागि खटिएका नेताहरूले बताएका छन्।
शुक्रबार बिहानदेखि सहमतिको खाका बनाउन गठन गरिएको कार्यदल पटकपटक गरेको छलफल अन्तिम चरणमा पुगेपछि पूर्णता पाइनसकेको एक सदस्यले बताए। आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान रास्वपा तयार भए पनि अन्य प्राविधिक विषयमा एकमत बनाउन बाँकी रहेको ती सदस्यले बताए।
उनका अनुसार, सहमतिका केही बुँदा सहित तयार पारिएको खाका रास्वपा सभापति रवि लामिछानेलाई दिइएको छ। उनले कार्यदललाई अगाडि बढ्न भने पनि मेयर बालेनले निर्णय दिइसकेका छैनन्।
‘आज ड्राफ्टमा अझै छलफल हुँदै छ। मेयर साबले ओके भनिसक्नु भएको छैन,’ कार्यदलमा रहेका एक सदस्यले भने, ‘मेयरसाब नगर सभाको बैठकमा हुँदा भोलि मात्रै सहमति हुन्छ जस्तो छ।’
कार्यदलमा रास्वपाको तर्फबाट नेता शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमार ब्यञ्जनकार र भुपदेव शाह छन्। भुपदेव बालेनका स्वकीय सचिव हुन्।